लुटपाटमा संलग्न चार जना पक्राउ, फरार कैदीमध्ये २६ नियन्त्रणमा
काठमाडौँ । नेपाली सेनाले सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात् आज बिहान १० बजेबाट दिउँसोको १ः०० बजेसम्म ४ जना पक्राउ परेका जानकारी गराएको छ ।
सेनाले आज एक विज्ञप्ति जारी गर्दै महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
यस्तै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौँ डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको पनि नेपाली सेनाले जनाएको छ ।
त्यसैगरी, डिल्लीबजार र नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात् छोडेर भागेको २ लाख ३२ हजार ५ सय रुपैयाँ र २५०० अमेरिकी डलर बरामद गरिएको सेनाले जनाएको छ ।
सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल हित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको पनि नेपाली सेनाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्