सुदूरपश्चिम प्रदेशमा आरडिटी परिक्षणमा पोजेटिभ देखिएका नौ जनाको पिसिआर रिर्पोट नेगेटिभ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आरडिटी परिक्षणमा पोजेटिभ देखिएका १० जनामध्ये नौ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
सामाजिक बिकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आरडिटीमा पोजेटिभ देखिएका १० जना मध्ये नौ जनाको पिसिआर जाँचमा रिर्पोट नेगेटिभ आएको बताउनुभयो । उहाँले एक जनाको रिर्पोट आउन बाकी रहेको बताउनुभयो ।
आरडिटी परिक्षणका क्रममा कैलालीमा तीन, अछाम एक, डडेल्धुरा दुई, बाजुरा दुई र कञ्चनपुरमा दुई गरि १० जनाको रिर्पोट पोजेटिभ देखिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म आरडिटी परिक्षण गरिएका मध्ये ११ हजार नौ सय ५१ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
यसैगरी पिसिआर विधिबाट परिक्षण गरिएका दुई हजार सात सय ४४ जनाको रिर्पोट नेगेटिभ आएको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख कार्कीले यस प्रदेशमा कोरोना संक्रमित दर न्यून रहेको र पछिल्लो २४ घण्टामा कोरोना संक्रमण नदेखिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्