तपाईँ सुन्दै हुनुहुन्छः

‘पुनर्कर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गरिने’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रतिकूलतालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि वढाउन नेपाल राष्ट्र बैंकले नीतिगत पहलकदमी लिँदै आएको बताउनु भएको छ ।

नेपाल राष्ट्र बैकको ६५ औं वार्षिकोत्सवको अवसरमा वक्तव्य दिदै गर्भनर अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने, कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने बताउनु भयो ।

गर्भनर अधिकारीले साना तथा मझौला उद्योग, पर्यटनजस्ता अत्यधिक प्रभावित क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुने गरी राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा सहज ढङ्गले प्रवाह गर्ने, ६० अर्बको विद्यमान पुनर्कर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताउनु भयो ।

त्यसै गरी लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने र कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने पनि गर्भनर अधिकारीले बताउनु भयो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button