तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा पानीको बहाव बढ्यो

कञ्चनपुर  । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। 

महाकाली नदीमा  बहाव खतराको तह नजिक पुगेपछि बनबासास्थित शारदा ब्यारेज पुलमा चार पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

महाकाली नदीमा पानीको बहाव १ लाख ४४ हजार ४ सय ३९ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो।

उहाँका अनुसार भारतीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरेको छ। पैदलयात्री र दुई पाङ्ग्रे सवारी साधनलाई भने आवतजावत गर्न दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button