तपाईँ सुन्दै हुनुहुन्छः

बीमा सम्बन्धी सचेतनामूलक सन्देश प्रसारण गरिने

सुर्खेत। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट अब बिमा सम्बन्धी सचेतनामूलक सन्देश प्रसारण गरिने भएको छ ।

Oplus_131072

 बिमा सचेतना अभिवृद्धि सम्बन्धी सन्देशहरू प्रसारण गर्नका लागि आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेत र नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेत बिच द्विपक्षीय सम्झौता भएको हो ।  

सम्झौतामा हस्ताक्षर गर्दै सन्देश मार्फत कर्णाली प्रदेशभर बिमा सम्बन्धी जानकारीहरू नागरिकहरूमाझ पुर्‍याउन नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख निलप्रसाद लामिछानेले आग्रह गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख ई.अनुराधा थापाले कार्यालयबाट नागरिकले सहजै बुझ्ने भाषामा सन्देशहरू प्रसारण गर्ने बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button