नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२ प्रस्तुत भएको छ ।
बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशुचिकित्सा परिषद् पहिलो संशोधन विधेयक प्रस्तुत गर्नु भएको हो ।
यसैगरी, बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधि सभाको आजको बैठकले सभाका पूर्व सांसद खगराज शर्माको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
२०४८ सालमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शर्माको ८५ वर्षको उमेरमा यही साउन ५ गते निधन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्