तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली (तनहुँ) I यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ । 

आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा  फ्रिज नष्ट भएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button