तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालन

चितवन । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि पुनः ३ः०० बजेसम्म बन्द गरिएको थियो ।

सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो । ढुङ्गा व्यवस्थापनसँगै बर्षातको समयमा हुनसक्ने जोखिम र दुर्घटनामा केही कमी आउने उहाँले बताउनुभयो ।

बिहानदेखि सुरु गरिएको ढुङ्गा पन्छाउने काम दिउँसो ३ः०० बजे सम्पन्न भएसँगै नारायणगढ–मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै सवारीहरू आ आफ्नो गन्तव्यतिर लागेका छन् ।  बन्द अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजन र जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button