तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका कारण बेलायतमा फेरि अर्का पूर्व गोरखा सैनिकको निधन

लण्डन  – कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो ।

चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button