तातोपानी नाकाबाट स्वास्थ्य सामग्री बोकेको एउटा गाडी बाहेक अरु भित्रन सकेनन्

मेलम्ची । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट तातोपानी नाका खोलिएको भनिएपनि नाकाबाट स्वास्थ्य सामग्री बोकेको एउटा गाडी बाहेक अरु भित्रन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेका अनुसार मंगलबार नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका थिए ।
प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोल्ने समझदारी भएपनि नाका सुचारु हुननसकेको तातोपानीका स्थानीय बताउँछन् ।
सिमा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक यतिराज भट्टराईका अनुसार नाकामा हेल्थ डेस्क राखिए पनि नाकामा आवातजावत नभएपछि स्वास्थ्य परिक्षण गर्ने डाक्टर दिनभर कुरेर बसेका छन् ।
हेल्थ डेस्कको मापदण्ड अनुरूप परीक्षण सकेर नाका खुलाइए पनि निरन्तरता पाउन नसकेको उहाँले बताउनुभयो ।
गत मंगलबार भित्र्याइएको केही स्वास्थ्य सामग्री केही व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिए पछि उक्त सामग्री काठमाडौं पु¥याइएको हो ।
जसमा ७५ सय वटा मास्क र ५ सय सेनिटाइजर रहेको थियो ।
बिहिबारसम्म नाकामा थप गाडी आवातजावत नभएको प्रहरी नायव निरिक्षक भट्टराइले जानकारी दिनुभयो ।
रसुवागढी नाका सुचारु गर्न स्थानीयले नमानेपछि तातोपानी नाका सुचारु हुन सक्ने सम्भावना रहेको व्यवसायीहरुको तर्क छ ।








प्रतिक्रिया राख्नुहोस्