तपाईँ सुन्दै हुनुहुन्छः

कवि गाउँलेको ‘फाटकमा घाम’ लोकार्पण

इलाम । साहित्यकार कविता राई ‘गाउँले’को कविता कृति “फाटकमा घाम” को लोकार्पण गरिएको छ । 

इलाम सूर्योदय नगरपालिका पशुपतिनगरकी कवयित्री गाउँलेको कविता सङ्ग्रहको  भारतका कवि मनप्रसाद सुब्बा, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराई लगायतले इलामको फिक्कलमा आयोजित एक कार्यक्रममा बिमोचन गर्नुभएको हो । 

सूर्योदय गजल मञ्चको आयोजनामा भएको  कृति लोकार्पण समारोहमा नेपालका बहुभाषिक कवि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजन मुकारुङ, प्राज्ञ मुन्ना राज सेर्मा, सूर्योदय नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष डिक बहादुर बम्जन कवि देवान किराँती, कवि प्रकाश थाम्सुहाङ्ग, दोस्रो पोयट आइडियल नेपालका सिम्योन सुकिता राई लगायत विभिन्न पदक विजेताका साथै भारत तथा नेपालका प्रतिष्ठित कविहरूको उपस्थिति रहेको थियो ।  

गाउँलेले आफ्नो कृति भव्य समारोहबिच विमोचन गर्न पाउँदा आफूलाई निक्कै हौसला मिलेको र माया प्रेम देश भक्ति सुख दुख सबै विषयलाई समेटेर कविता सङ्ग्रह ल्याएकोले पढेर सुझाव दिन सबै पाठक वर्गमा आग्रह गर्नुभयो ।

रत्न पुस्तक भण्डार काठमाडौँले प्रकाशन गरेको पुस्तकमा ४९ वटा कविता समेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button