तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ धरमपुरमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय केदार बिष्ट रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बिस्टलाई घर देखी १०० मिटर टाढा आफ्नै मकै बारीमा मकै कुर्न बसेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button