कामीरिता शेर्पाको ऐतिहासिक उपलब्धि: ३१औँ पटक सगरमाथा आरोहण
सोलुखुम्बु। विश्व प्रसिद्ध कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३१ औँ पटक सगरमाथा (एभरेस्ट) सफलतापूर्वक आरोहण गर्नुभएको छ।

आज मङ्गलवार बिहान करिब ४ बजे उहाँले सर्वोच्च शिखरमा पाइला टेक्दै आफ्नै विश्व कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन्।
सोलुखुम्बुको थामे निवासी कामीरिता शेर्पा सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने एक मात्र व्यक्ति हुनुहुन्छ। उहाँ ‘एभरेस्ट म्यान’ को उपनामले पनि परिचित हुनुहुन्छ।
कामीरिताले २०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्न थाल्नुभएको थियो भने २०५१ सालको वसन्त ऋतुमा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको हो। त्यसयता उहाँले निरन्तर आरोहण गर्दै आएको इतिहास छ।
कामीरिताको यो कीर्तिमान विश्वभरका पर्वतारोही समुदायका लागि प्रेरणादायी मानिन्छ। उहाँको अनुभव, निष्ठा र समर्पणले नेपाली शेर्पा समुदायको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।








प्रतिक्रिया राख्नुहोस्