नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ । आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरू सबै समूहको उपसूचक घटेको छ ।
बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटेल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैङ्क लिमिटेडको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया राख्नुहोस्