प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीचबीच भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल बीचको छलफल अहिले जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्