कञ्चनपुरमा चट्याङ लागेर एकको मृत्यु एक घाइते
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन्।
घर नजिकैको बगरमा लगाइएको तरकारी टिप्न गएको बेला एक्कासी हुरी बतास र पानीसँगै परेको चट्याङले लाग्दा गर्भवती समेत रहेकी रानाको ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिनुभयो । घटनामा परी गम्भीर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार भइरहेको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्