तपाईँ सुन्दै हुनुहुन्छः

सडक बालबालिकामुक्त अभियानमा सरकार

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई जोड दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रत्येक वडा स्थानीय तह र प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने तथा घोषणा गर्नेसम्बन्धी सूचना जारी गरेको छ । 

मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले २०७३ वैशाख २७ गतेदेखि २०८१ सालको चैत मसान्तसम्म देशभरि २० हजार ८१ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिसकेको रामबहादुर चन्दले जानकारी दिनुभयो । 

आगामी असारभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउन २०७१ साल असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयबाट सबै स्थानीय तहलाई परिपत्र गरिएको छ । तत्काल उद्धार गर्ने संयन्त्र बालबालिका खोजतलास सेवालाई जिम्मेवार र क्रियाशील बनाइएको प्रवक्ता चन्दले जानकारी दिनुभयो । 

परिषद्ले यही वैशाख मसान्तसम्म प्रत्येक वडालाई, आगामी जेठ १५ गतेसम्म प्रत्येक स्थानीय तहलाई र जेठ मसान्तसम्म प्रत्येक प्रदेशलाई सडक बालबालिकामुक्त बनाइ घोषणा गर्न पनि अनुरोध गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button