मुख्यमन्त्री शाह भारत प्रस्थान

धनगढी । भारत सरकारको औपचारिक निमन्त्रणामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह भारत प्रस्थान गर्नु भएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा मन्त्री, सचिव लगायत रहेका छन् । बैशाख २२ गते सम्म भारतमा रहने उक्त टोलीले अयोध्या, लखनउ, उत्तराखण्ड लगायतको भ्रमण गर्ने छ ।
यसैगरी भ्रमणका क्रममा मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता हुने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव देवानन्द जैशीले बताउनु भयो । “भारत सरकारको औपचारिक निमन्त्रणमा मुख्यमन्त्रीको टोली भारत गएको छ, यो ऐतिहासिक हो, भ्रमणका क्रममा भारतीय सरकार मन्त्रीसँग भेटघाट देखि कृषि, पर्यटन लगायतका क्षेत्रको अध्ययन अवलोकनको कार्यक्रम तय भएको छ, उहाँले भन्नुभयो ।”
प्रतिक्रिया राख्नुहोस्