हुलाकी सडक कालोपत्रे गर्न माग गर्दै बेलौरीका स्थानीय बासिन्दा आन्दोलित

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ८ र ९ का स्थानीय वासिन्दा हुलाकी सडकको अवस्था सुधार्न र कालोपत्रे गर्न माग गर्दै दबाबका लागि आन्दोलनमा उत्रिएका छन् ।
स्थानीयवासीका अनुसार, हुलाकी सडक खण्डको अवस्था अत्यन्तै जीर्ण र असुरक्षित बनेको छ, जसले गर्दा दैनिक यात्रा गर्नेहरूलाई समस्या भइरहेको छ ।
स्थानीयका अनुसार, हुलाकी सडकको दुर्दशा सुधार्नका लागि कयौँ पटक प्रशासनसँग माग राखिएको भए तापनि हालसम्म कुनै सुनुवाइ भएको छैन । यदि चाँडो नै यो समस्या समाधान गरिएन भने अझै सशक्त कदम चाल्ने चेतावनी आन्दोलनमा उत्रिएका वासिन्दाहरूको छ । “हामीलाई हुलाकी सडकको साँचो विकास चाहिएको छ । यो सडकका कारण यहाँका हजारौँ मानिस प्रभावित छन्”, उहाँहरू भन्न्ुहून्छ,“यो सडक कालोपत्रे नभएसम्म हामी यहाँबाट हट्न तयार छैनौँ ।”

बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीका अनुसार, उक्त सडक कालोपत्रेका लागि नगरपालिकाबाट हुलाकी योजना कार्यालय र निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । उक्त सडकको विकास र सुधारका लागि तत्काल कदम चालिनु पर्छ, जसले गर्दा यातायातको सुविधा सहज र सुरक्षित बन्न सक्दछ ।
प्रतिक्रिया राख्नुहोस्