साँफेबगर आगलागी प्रभावितहरूलाई १० लाख दिने प्रदेश सरकारको निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर हाटबजार आगलागी प्रभावितहरूका लागि १० लाख दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले आगलागी प्रभावित परिवारलाई राहत स्वरूप १० लाख दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव देवानन्द जैशीले जानकारी गराउनुभयो । तत्कालका लागि मानवीय सहायता स्वरूप १० लाख साँफेबगर नगरपालिकालाई उपलब्ध गराउन र आगलागीबाट भएको क्षतिको एकिन विवरण सङ्कलन गरि पठाउन मातहतका निकायलाई मुख्यमन्त्रीले निर्देशन दिनु भएको जैशीले बताउनुभयो ।
साँफेबगर नगरपालिका ३ स्थित साँफेबगर हाटबजारमा विद्युत् सर्ट भएर आगलागी हुँदा झण्डै एक दर्जन व्यापारिक पसल जलेर नष्ट भएका छन् । यसअघि अछामकै जयगढ बजारमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्