नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड बारपाकमा

गोरखा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गोरखा जिल्लाको बारपाकमा आइपुग्नुभएको छ ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा यस वर्ष भूकम्पको १०औँ वार्षिकीको अवसरमा भोलि आयोजित भूकम्प स्मृति कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल यहाँ आइपुग्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्