तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीको लिम्बुनी पुल निर्माणले गति पाउँदै

ताप्लेजुङ । विगत आठ वर्ष अघिदेखि निर्माण सुरु गरेको ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदी माथिको लिम्बुनी पुल निर्माणले गति पाउन थालेको छ । 

स्थानीय जनप्रतिनिधि सहित सरोकारवालाहरूको दबाबका कारण ताप्लेजुङको आठराई त्रिवेणी र पाँचथरको हिलिहाङ गाउँपालिका जोड्ने तमोर नदी माथिको लिम्बुनी पुल निर्माणले आठ वर्ष पछि गति लिएको हो । 

पुल निर्माणको जिम्मेवारी पाएको एम–एस–सपना–याक्थुङ जेभी कम्पनीका प्रोप्राइटर तेजबहादुर कुरुम्बाङलाई  व्यवसायीमाथि कानुनी लडाइँमा जाने चेतावनी दिएसँगै निर्माणले गति लिएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो । 

पुल निर्माण तीव्र रुपमा भइरहेको बताउनु हदै अध्यक्ष पोमुले अव आसा पलाएको समेत बताउनुहुन्छ । यो पुल निर्माण सम्पन्न भएसँगै ताप्लेजुङ र पाँचथर जोड्ने मात्र नभई यसले तमोर करिडोरको नेपाल,भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको मार्गको रुपमा लिन सकिने तमोर करिडोर (मूलघाट–सुभाङखोला–ओलाङचुङगोला) सडक योजना कार्यालयका इन्जिनियर श्रवणकुमार मण्डलले जानकारी दिनुभयो । 

२०७४ फागुन ६ गते (भ्याट र पिएससहित)२२ करोड पाँच लाख ७७ हजार आठ सय ९० रुपैयाँमा एम/एस/सपना/याक्थुङ जेभी काठमाडौँसँग पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौतापछि निर्माण कम्पनीले पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अन्य काम गरेको थिएन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button