तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाका प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार÷सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उहाँहरूलाई  दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

सैनिक सेवा नियमावली २०६९ बमोजिम सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार बढुवा भएका प्रमुख सुबेदार÷सुबेदार गरी ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसन(शान्ति सेना) मा खटिएका पाँच बाहेक २९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button