तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा राजतन्त्र कुनै हालतमा फर्कँदैन : नेता निधि  

बारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले  राजतन्त्र कुनै हालतमा नफर्कने ठोकुवा गर्नुभएको छ । 

गढीमाई मन्दिरमा दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै निधिले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न रहेको र देशको मालिक अहिले नेपाली जनता नै रहेको हुँदा राजतन्त्र फर्कने कुरा दिवा सपना मात्र भएको बताउनुभयो ।

केही समूहले मात्र बेमौसमको बाजा बजाएर राजा आउँछन् भने भ्रमको खेती गरिरहेको हुँदा भ्रममा नपर्न सबै नागरिकहरूलाई उहाँले आग्रह गर्नुभयो । 

अहिले सरकारलाई नेपाली काँग्रेसले ढाल्ने भने हल्ला निराधार र कपोलकल्पित रहेको निधिको भनाई रहेको थियो । 

नेपाली काँग्रेसको १५ औँ महाअधिवेशन  २०८३ सालमा हुने कुरामा शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो । 

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिरको मायाको चिनो नेता निधिलाई प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button