विकास र समृद्धिका लागि पर्यटकीय गतिविधि बढाउने गरि सरकार क्रियाशील : मन्त्री पाण्डे

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले खप्तड, रामारोशन, बडिमालिका, रारालगायतका क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सरकारी कार्ययोजना रहेको बताउनुभएको छ ।
धनगढीमा आज बाजुरेली सेवा समाजको ७औँ साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले पश्चिमका पर्यटकीय क्षेत्रको एकिकृत विकासका लागि अध्ययनको काम थालिने बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि पर्यटकीय गतिविधि बढाउने गरि सरकार क्रियाशील रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले सरकार अहिले नीति तथा कार्यक्रम एवं बजेट बनाउने तयारीमा रहेको र बाजुरालाई बजेटको प्राथमिकतामा राखिने बताउनुभयो ।
पूर्व मन्त्री कर्ण बहादुर थापाले बाजुरा विकासको सन्दर्भमा हार्दिकता, एकता, तत्परताका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
सभामा प्रदेश सभा सदस्यहरु जुना दानी, सन्तोष शर्मा थापा, समाजका अध्यक्ष बजिर धामी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्