तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले मुलुकलाई स्थिरताको कोर्समा अगाडी बढाएको छ : मन्त्री गुप्ता 

बीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेको बताउनुभएको छ ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले नेकपा एमाले वीरगन्ज महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको आज वीरगन्जमा उद्घाटन गर्नुहुँदै देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दलको संयुक्त सरकार बनेको बताउनुभयो ।

उहाँले यो सरकारले मुलुकलाई स्थिरताको कोर्समा अगाडी बढाएको उल्लेख गर्नुहुँदै मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हाल राजावादीको आवरणमा सलबलाएको भए पनि त्यो सफल हुन नसक्ने बताउनुभयो । 

मन्त्री गुप्ताले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताउँदै २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गर्नुभयो ।

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले अहिलेको राजनीतिक समीकरण मिसन ०८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा बिरगंज महानगरपालिकाका ३२ वटै वडामा जित्ने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button