तपाईँ सुन्दै हुनुहुन्छः

तारा खोलाका वडाध्यक्ष मृत फेला

बागलुङ । जिल्लाको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष मृत भेटिनुभएको छ । तारा खोलाको काँक्रा खोरका ५० वर्षीय कर्णबहादुर भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा मृत भेटिएको  प्रहरीले जानकारी दिएको छ । 

भण्डारी  घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय तारा खोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेकोको छ । 

बुधबार मध्यान्ह १२ बजे भण्डारी मृत भेटिनुभएको थियो । गत स्थानीय निर्वाचनमा भण्डारी माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button