बृहत् भूमिगत सिचाई योजनाको कोहलपुरमा शिलान्यास

बाँके । बाँकेको कोहलपुर नगरपालिका १ मा बृहत् भूमिगत जलस्रोत तथा सिचाई योजनाको शिलान्यास गरिएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले बृहत् भूमिगत सिचाई योजनाको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै न्यौपानेले कोहलपुर १ सुख्खा क्षेत्र हो, जसलाई सिचाईको लागि भूमिगत जलस्रोत प्रयोग गरी १५ सय मिटर पाइप विच्छाई सबैको खेतबारीमा पुर्याउने लक्ष्य सहित सिचाई योजनाको शुभारम्भ गरेको बताउनु भयो ।
यस्तै नेपाली काँग्रेस कोहलपुर वडा नं. १ का वडा सभापति भोजेन्द्र रेग्मीले विकास र समृद्धिमा सबै राजनीतिक दल एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनु भयो ।
यस्तै नेकपा एमालेका कोहलपुर वडा नं. १ का अध्यक्ष अम्बर बहादुर लामिछानेले भूमिगत जलस्रोत तथा सिचाई योजनालाई सफल सबैको साथ जरुरी रहेकोले राजनीतिक स्वार्थ भन्दा माथी उठ्न जरुरी रहेको जिकिर गर्नुभयो ।
यस्तै कोहलपुर नगरपालिका वडा नं। १ का वडा अध्यक्ष बद्रीप्रसाद जैसीले १ करोड २० लाखमा सिचाई योजना सञ्चालन भएको बताउनु भयो ।
कोहलपुर नगरपालिका १ का स्थानीय धुव्र परियारले ५ धुर जग्गा जलस्रोत तथा सिचाई योजनालाई दान गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्