रेडियो नेपालकर्मी यादव सम्मानित
सुनसरी । सुनसरीको दुहबीमा दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका रेडियो नेपाल सुनसरी समाचारदाता आशिष कुमार यादव सम्मानित हुनुभएको छ ।

दुहबी जेसिसद्वारा आयोजना गरिएको दुहबी रन प्रतियोगिताको समापन कार्यक्रममा यादव सम्मानित हुनुभएको हो ।
दुहबी जेसिस वर्ष २०२५ को “Leading is Our Duty” भन्ने प्रकरणलाई सार्थक एवम् परिणाममुखी बनाउन यादवले पुर्याउनुभएको सहयोग तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको मिति २०८१ साल मङ्सिर २८ गते सम्पन्न निर्वाचनमा प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरिएको जेसिसले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्