तपाईँ सुन्दै हुनुहुन्छः

हरिपुरमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । निःशुल्क लोकसेवा तयारी कक्षाको आज नगर प्रमुख गोपाल पञ्जियारले उद्घाटन गर्नुभएको छ। 

हरिपुर नगरपालिकाको आयोजना तथा वर्क प्लान नेपाल बरहथवाको सहजीकरणमा भोली शनिवारबाट निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । 

शनिवार हरिपुर स्थित महावीर जनता माविमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले जानकारी दिनुभयो  ।

तालिम ६० दिनसम्म सञ्चालन हुने छ । ६३ जनाले प्रवेश परीक्षा दिएकोमा ३५ जनाको छनौट गरिएको वर्क प्लान नेपालका कार्यकारी निर्देशक सुनिल यादवले जानकारी दिनुभयो ।

हरिपुर नगर प्रमुख गोपाल पंजियारले सहभागी विद्यार्थीहरूलाई जब सम्म सफलता हात लाग्दैन तब सम्म निरन्तर मेहनत र प्रयास गर्न सल्लाह दिनुभयो ।

लोकसेवा तयारी गर्न आचरणको पनि आवश्यकता पर्ने हुँदा आचरण राम्रो पारेर अभ्यास र पढ्ने बानीले सफलता हात लाग्ने नगर प्रमुख पंजियारले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button