नरैनापुरका आगलागी पीडित १७ घरपरिवारलाई राहत सामग्री वितरण

नेपालगञ्ज । बाँके नरैनापुरका आगलागी पीडित १७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले १० हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरेको हो ।
आगलागी पीडितलाई त्रिपाल, ब्ल्याङ्केट लत्ताकपडाका साथै भान्सामा प्रयोग हुने भाँडावर्तन प्रदान गरिएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी नरैनापुर उपशाखाले जनाएको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर ४ जयरामपुर्वामा गत मंगलबार आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्