तपाईँ सुन्दै हुनुहुन्छः

होलीमा दुई पक्ष बीच वादविवाद हुँदा १ राउण्ड हवाई फायर 

बारा I बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र स्थानीय पशुराम गिरीसँग वादविवाद हुँदा गिरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । 

होलीको दिन राती करिब ९ बजेर ३० मिनेटमा दुवै बीच वादविवाद हुँदा गिरीले आफ्नो घरमा रहेको लाइसेन्स प्राप्त बन्दुक निकालेर हवाई फायर गरेको प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाकारी दिनुभयो । 

घटनाको जानकारी हुन साथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बन्दुक सहित गिरीलाई नियन्त्रणमा लिई सामान्य सोधपुछ पछि परिवारलाई  जिम्मा जवानीमा छोडिएको छ । 

किन र केका लागि बन्दुक पड्काउनु पर्ने अवस्थाको सृजना हुन गएको  हो सोको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।

यसै बिच होलीका दिन मादक पदार्थ सेवनगरी एउटा मोटरसाईकलमा ३ देखि चार जना समेतलाई बसाई बिना हेलमेट मोटरसाइकल चलाउने ८२ जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर बेलुका परिवारको जिम्मा जवानीमा फेरि गल्ती नगर्ने सर्तमा छोडिएको प्रहरी प्रवक्ता पण्डितले बताउनुभयो । 

सामान्य छिटफुट घटना बाहेक जिल्लामा होली सौहार्द पूर्ण, शान्ति तवरबाट सम्पन्न भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button