होली मर्यादित र अनुशासित भएर खेल्न आग्रह
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै रङ्गहरूको पर्व होली मर्यादित र अनुशासित भएर खेल्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा सार्वजनिक सूचनामा फागु अर्थात् होली पर्व मनाउने क्रममा इच्छा विपरीत रङ्ग छ्याप्ने, जथाभाबी अबिर फाल्ने, हो–हल्ला गर्ने गराउने, लोला हान्ने, जबरजस्ती अमर्यादित वा उच्छृङ्खल किसिमका व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानून विपरीत भएकोले त्यस्तो कार्य नगर्न नगराउन अनुरोध गरिएको छ ।
सूचनामा सामाजिक र साँस्कृतिक मर्यादा विपरीतका यस्ता कार्य तथा व्यवहारहरू कोही कसैले नगर्न नगराउन अनुरोध गर्दै अनुशासित, मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन आग्रह गरेको छ ।
कोही कसैको इच्छा एवं स्वीकृति बेगर गैर कानूनी एवं अमर्यादित व्यवहार गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत सूचनामा जनाइएको छ ।
साथै सूचनामा सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउन पनि रोक लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्