तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोमा पुरिएर जेठानी–देवरानीको मृत्यु

अछाम । अछामको मंगलसैन नगरपालिका–८ वलिगाउँका दुई जनाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। 

मंगलसैन नगरपालिका–८ वलिगाउँ सुतुडाका अन्दाजी ३०र३५ वर्षका देउरुपा बोहरा र विनिता बोहराको मृत्यु भएको स्थानीय पुष्पबहादुर बोहराले जानकारी दिनुभयो ।

आज दिउँसो घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनीहरूको मृत्यु भएको जनाइएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button