तपाईँ सुन्दै हुनुहुन्छः

किबी प्रशोधनबारे कृषकहरूलाई तालिम 

भोजपुर । किबी खेतीमा व्यावसायिकता खोज्दै भोजपुरका कृषकहरूलाई प्रशोधनसम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, सङ्खुवासभा–भोजपुरको सहयोगमा सञ्चालन भएको ३ दिने किबी प्रशोधन तालिम पाएपछि कृषकहरूमा पनि उत्साह देखिएको छ । तालिममा १३ जना कृषकको सहभागिता रहेको थियो । 

किबी खेती गर्दै आएका कृषकले प्रशोधन तालिम पाएपछि थप उत्साह थपिएको बताउनुभयो । कृषक तथा तालिमको संयोजन गर्नुभएका कमल भुजेलले जिल्लामा किबी खेतीमा कृषकहरूको आर्कषण बढी रहेको अवस्थामा तालिमले थप उत्साह थपेको बताउनुभयो । 

भोजपुरका नौ स्थानीय तहहरू मध्ये भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र पौवादुङमा गाउँपालिका क्षेत्रमा व्यवसायीक किबी खेती हुँदै आइरहेको छ । किबीबाट होलक्याण्डी, माडा, जाम, स्क्वाइस, जेली लगायतका सामाग्री बनाउने सिप तालिमले सिकाएको छ । 

भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले तालिमले किबीसँगै प्रशोधनबाट बनाउन सकिने अन्य परिकार पनि बजारसम्म लैजान सकिने वातावरण तयार भएको बताउनुभयो । 

कृषकलाई उत्साह हुने यस्ता तालिमहरू आगामी दिनमा पनि सञ्चालन गरिनुपर्ने घरेलु बिकास कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button