तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा बस पल्टिँदा १५ भन्दा बढी यात्रु घाइते

महोत्तरी I महोत्तरीको महोत्तरी गाउँपालिका-५ गोरिगामामा आज शुक्रबार बस पल्टिँदा १५जनाभन्दा बढी यात्रु घाइते भएका छन् । 

गति अनियन्त्रित भई ना३ख ८९९७ नं. को यात्रुवाहक बस खेतमा पल्टिएर दुर्घटना भएको हाे ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुर तथा अन्य ठाउँमा  भइरहेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवालले जानकारी दिनुभएको हाे ।

बस पल्टिएपछि चालक र सहचालक फरार  रहेकोमा प्रहरीले घटनाबारे थप बुझिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता जयसवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button