तपाईँ सुन्दै हुनुहुन्छः

समय, परिस्थितिले यो सरकार बनेको हो : उप-प्रधानमन्त्री सिंह 

रुपन्देही । नेपाल सरकारका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले समय परिस्थिति अनुसार यो सरकार बनेको बताउनुभएको छ । 

कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका उप- सभापति समेत रहनुभएका सिंहले यो सरकार समय परिस्थिति अनुसार बनेकाले अब देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै सरकार टिक्ने खालको भएमा मात्रै देशमा धेरै काम हुन सक्ने बताउनुभयो ।

यो कांग्रेस, एमाले र अन्य दलहरूको समेत सरकार हो उहाँले भन्नुभयो, ” यो सरकार कांग्रेसको मात्रै होइन नेकपा एमाले र अन्य दलको समेत भएको बताउँदै मिलाएर लैजानु पर्ने कल्चर हो ।  सरकारमा गइसकेपछि एमालेकोलाई कांग्रेसको मात्रै काम भयो केही भएको छैन भन्ने काँग्रेसले काँग्रेसलाई केही भएन भन्ने परिपाटी बनेको बताउनुभयो । 

काम गर्नको लागि केही बिकास निर्माणको काम छ भने सङ्गठन, दललाई भन्न आग्रह गर्दै सिंहले सरकारले गरेका कामको प्रशंसा व्यक्त गर्न आग्रह गर्नुभयो ।

अब नयाँ बजेट बन्न थालेको बताउँदै सबैसँग सहकार्य गरेर नै काम गर्नुपर्ने, बजेट निर्माण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button