तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङका दुई विद्यालयमा भाइरल इन्फ्लुएन्जा ‘ए’ पुष्टि, बुधबारदेखि पठनपाठन सुरू

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरूमा देखिएको स्वास्थ्य समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि भएको छ ।

 विद्यालयका ८० प्रतिशत विद्यार्थी निको भएसँगै बुधबार देखि विद्यालयमा पठनपाठन सुरुहुने भएको हो । एक साता अघि मेरिङ्देन गाउँपालिका–५, थुकिमा रहेका त्रिभुवन मावि र जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिएपछि बिरामीहरूको स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । स्वाब परीक्षणका क्रममा भाइरल इन्फ्लुएन्जा ‘ए’ पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालले जानकारी दिनुभयो ।  

१६ जानको स्वाब परिक्षण गर्दा १० जनामा भाइरल इन्फ्लुएन्जा ‘ए’ पुष्टि भएको स्वास्थ्य कार्यालयको भनाई छ । विद्यालयका विद्यार्थी मात्र नभएर शिक्षक तथा स्थानीयमा पनि यस्तो समस्या देखिएको त्रिभुवन माविका प्रधानाध्यापक  कमल चेम्जोङले बताउनुभयो । विद्यार्थी तथा स्थानीयमा भाइरल कम हुन थालेसँगै भोली (बुधबार) देखि नियमित विद्यालय सञ्चालन हुने लिम्बु बताउनुहुन्छ ।  

चिकित्सकका अनुसार यो संक्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, घाँटी, टाउको दुख्ने, नाक बन्द हुने, सिँगान बग्ने, जीउ र मांसपेशी दुख्ने, थकान महसुस हुने गर्छ ।

 जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने गरेको छ । बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्ने चिकित्सकहरू बताउँछन् ।  यस्तो अवस्थामा बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, सकेसम्म बिरामी अवस्थामा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख, नाक राम्ररी छोप्ने, सावुनपानीले हात धुने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ खाने पर्ने चिकित्सकहरूको सुझाव रहेको छ ।  

त्रिभुवन मावि र जनज्योति विद्यालयका ३ सय भन्दा बढी विद्यार्थीमा संक्रमाण देखा परेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button