हुलाकी राजमार्ग केन्द्रित अभियानले जनतासँग पार्टीको सम्बन्धलाई जीवन्त बनाएको छ: प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानले जनतासँग पार्टीको सम्बन्धलाई जीवन्त बनाएको बताउनुभएको छ ।
नेपालगन्ज विमानस्थलमा आज पत्र कारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनताको मनभित्रको कुरा बुझ्न जनताकै बीचमा पुग्ने गरी अभियान चलिरहेको बताउनुभयो । उहाँले यो अभियानमा जनताको ठूलो उत्साह र सहभागिता देखिएको बताउनुभयो । यसले जनतामा जागरण समेत ल्याएको प्रचण्डको भनाई छ । ‘यो मौलिक प्रकृतिको अभियान बनेको छ, हामी जनतासँग सँगै बसेका छौँ, सँगै खाएको छौँ, आपसमा आत्मीयता बढेको छ।’ उहाँले भन्नुभयो’यसले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको छ ।’
राष्ट्रिय एकता मजबुत बनाउन पनि अभियान सार्थक बन्ने प्रचण्डको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्