आगामी निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउँछ: सभापति देउवा

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेस, ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को आयोजनामा रूपन्देहीको भैरहवामा भएको कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले अहिलेको सरकार बहुमतको सरकार भएको बताउँदै यो सरकार लोकतन्त्रका लागि बलियो र स्थायित्व सरकार भएको बताउनुभयो ।
नेपाली काँग्रेसले अब हुने २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुहुँदै काँग्रेसकै कारण लोकतन्त्र बलियो र स्थायित्व हुने दाबी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले यो सरकारले नै जनतामा आसा र भरोसा स्थापित गराउने बताउनुहुँदै पार्टी नेता कार्यकर्ताले सरकारले गरेका कामको प्रचार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय उपसभापति तथा पूर्व उपप्रधानमन्त्री माननीय पूर्ण बहादुर खड्का, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङ लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्