तपाईँ सुन्दै हुनुहुन्छः

९औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

बर्दिया । थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित ९औँ थारू साहित्य राष्ट्रिय सम्मेलन बर्दियाको राजापुर नगरपालिका–२, जोतपुर गाउँमा भव्य रूपमा सम्पन्न भएको छ । 

थारू लेखक संघ नेपाल र जंग्रार साहित्यिक वखेरी, बर्दियाको आयोजनामा तथा राजापुर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिनसम्म चलेको सम्मेलनले ‘राजापुर घोषणापत्र २०८१’ जारी गर्दै थारू साहित्यको समृद्धिका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

सम्मेलनमा थारू भाषा र संस्कृतिको उन्नयनका लागि लेखक, सम्पादक, प्रकाशक तथा साहित्यिक संघ(संस्थाबीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरियो। थारू लोक साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि अग्रजहरूको अनुभव आदानप्रदान गर्ने, कथा वाचन जस्ता कार्यक्रमहरू आयोजना गर्ने तथा थारू साहित्यका विभिन्न विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट सिर्जनाहरूलाई पुरस्कृत गर्ने निर्णय गरियो।

सम्मेलनको स्मारिका प्रकाशन गरिने घोषणा गर्दै आगामी १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन २०८२ सालको फागुन महिनामा पर्सा जिल्लामा आयोजना गरिने निर्णय भयो।

यस घोषणापत्रमार्फत थारू भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा विस्तार गर्ने सङ्कल्प लिइएको छ, जसले थारू समुदायको पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button