बाजुरामा बाघको आक्रमण बाट ४५ भेडा मरे
बाजुरा । बाजुराको पूर्वोत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिमा बाघको आक्रमणमा परि ४५ भेडा मरेका छन्।
बिहीबार बिहान हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिका हिमाल बुढ्थापाका घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताउनुभयो।
प्रहरी निरीक्षक बोहराका अनुसार खोरमा रहेका सबै ४५ वटा भेडा बाघको आक्रमणमा परि मरेको अवस्थामा भेटिएका हुन्।
बाघको आक्रमण बाट बारम्बार बाख्रा मर्न थालेपछि स्थानीय भेडा पालक कृषक चिन्तित बनेका छन्। एक हप्ता अगाडि मात्रै हिमाली गाउँपालिकाकै ५ नम्बर वडामा बाघको आक्रमण बाट २० भेडा मरेका थिए ।
जिल्लामा बाघको आक्रमणमा परि यो बर्ष मात्र ६३ भेडा बाख्रा मरिसकेका र २१ ओटा घाइते बनाएको प्रहरी कार्यालय बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्