विराटनगरमा काँग्रेसनिकट विद्यार्थी सङ्गठनका दुई समूहबिच झडप

मोरङ । काँग्रेसनिकट विद्यार्थी सङ्गठनका दुई समूहबिच विराटनगरमा झडप भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई पक्षबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।
झडपमा परेर नेविसंघ सभापति सरोज पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै आज बिहानै क्याम्पस पुगेका थिए । उनीहरू एकै सङ्गठनका भएपनि फरक गुटका हुन ।
आफूहरूसँग सल्लाह नगरी क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले उनीहरू माथि प्रहार गरेको हो । मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमाेरियाले घटनाबारे थाहा पाएको भएपनि घाइते भएको बारे जानकारी नभएको बताउनुभयो । उहाँले क्याम्पस परिसर अहिले शान्त भइसकेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्