प्रधानमन्त्रीले बाेलाउनुभयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीले शुक्रवार साँझ ६ः०० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने उहाँले जानकारी दिनुभयो ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ। त्यस्तै काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्