एकदिवसीय क्रिकेटमा स्याङ्जालाई पराजित गर्दै तनहुँ फाइनलमा
पोखरा । पोखरामा जारी प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा तनहुँले स्याङ्जालाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा मङ्गलवार भएको प्रतिस्पर्धामा २०२ रनको लक्ष्य पछ्याएको तनहुँले ४६ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पहिला ब्याटिङमा उत्रिएको स्याङ्जाले ५० ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो । टस जितेर ब्याटिङ गरेको स्याङ्जाले निकै कमजोर शुरुवात गर्यो । स्याङ्जाका सौजन्य रेग्मीले १०२ बल खेल्दै ४३ रनको योगदान दिए भने सुजन गौतमले ८८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ८२ रन जोड्नुभयो ।
तनहुँका लागि सन्दीप पराजुलीले ४ विकेट लिनुभयो । त्यसपछि चन्द्रकान्त पौडेलले १० ओभरको स्पेसलमा एक मेडन सहित ४१ रन दिएर ३ विकेट लिनुभयो ।
२०२ रनको लक्ष्य पछ्याएको तनहुँले भने ४६ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्दै फाइनल प्रवेश गरेको हो । ओपनर समीर कँडेलले उत्कृष्ट ब्याटिङको नमूना पेश गर्दै उहाँले १३० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिनुभयो ।
अर्का ओपनर दिपेश अधिकारीले पनि ६८ बल खेल्दै ४४ रनमा आउट हुनुभयो । उहाँले ६ चौका र १ छक्का प्रहार गर्नुभयो । कृश ऐरले ३५ र भन्स क्षत्रीले अविजित २६ रन बनाएपछि तनहुँले जितको लक्ष्य पुरा गर्नु भयो । तनहुँका समीर प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।
प्रतिक्रिया राख्नुहोस्