राससकर्मी श्रेष्ठसहित ४ जनालाई फोनिज मधेस प्रदेशले पुरस्कृत गर्ने
बारा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेशले स्थापनाको अवसरमा पारेर राससकर्मी सत्यप्रसाद श्रेष्ठसहित ४ जना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ ।

क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय फोनिजले गरेको हो ।
श्रेष्ठ ४ दशक भन्दा बढी राससमा सक्रिय रुपमा काम गर्दै आउनुभएको छ । ७२ वर्षको उमेरमा पनि श्रेष्ठ उतिकै सक्रिय हुनुहुन्छ ।
त्यसैगरी, क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी चौधरी र डम्बर राईलाई प्रदान गर्ने निर्णय भएको हो । फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारहरू श्रेष्ठ, आले, राई र चौधरीलाई प्रदान गर्ने निर्णय गरेको फोनिज मधेस प्रदेशका महासचिव बृवमान तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्