तपाईँ सुन्दै हुनुहुन्छः

कटारी गोल्डकप : काठमाडौँद्वारा भुटान पराजित

कटारी (उदयपुर) । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

आज भएको खेलमा भुटानका लागि अयुग डुकाले एक गोल गरे । काठमाडौँका लागि उमेश युङ्गमाले एक गोल र सुरज राउतले दुई गोल गरेका थिए । काठमाडौँका राउत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद रु तीन हजार पुरस्कार प्राप्त गरे ।

मङ्गलबारको खेल बागमती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लब सिरहाबीच हुनेछ ।

कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिबारदेखि जारी प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्ने छ भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने छ । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button