तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै स्वास्थ्य केन्द्र स्थापना हुँदा स्थानीयवासी खुसी

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा आएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरपालिकाले रापकगाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

उक्त शहरी स्वास्थ्य केन्द्रको आइतबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। 

बडिमालिका नगरपालिका सेवा क्षेत्र भित्रका हरेक वडाका नागरिकलाई सहज, र सरल  तरिकाले गाउँ घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा बिस्तार गरिएको   बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताउनुभयो । 

यस अघि सो क्षेत्रका नागरिकहरू सामान्य आधारभूत सेवा लिनका लागि समेत एक डेढ घण्टाको दुरीमा रहेको जिल्ला अस्पताल बाजुरामा गएर सेवा लिनु पर्ने बाध्यता थियो ।

रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा आएपछि नगरपालिकाको केन्द्रदेखि टाढा रहेका वडा २ को घागर ६ को पानीनाउला, विरेखोला, वडा नम्बर ८ को रापक र ९ नम्बर वडाका नागरिकले सो शहरी केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । लामो समयपछि घर आँगनमै स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा आएपछि स्थानीय नागरिकहरू खुसी  भएका स्थानीय केशव रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button