तपाईँ सुन्दै हुनुहुन्छः

‘धरान रन’को उपाधि केन्याली धावकलाई

धरान । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका  हुन् । 

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरे भने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो । धावकद्वयलाई नगद रु।६० हजार पुरस्कार प्रदान गरिएको छ । 

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद रु।४० हजार पुरस्कार प्रदान गरिएको छ । 

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद रु।३० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button