तपाईँ सुन्दै हुनुहुन्छः

१५ महिने बालकको नालीमा डुबेर मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा १५ महिने बालकको नालीको पानीमा डुबेर मृत्यु भएको छ । विजयनगर गाउँपालिका–७ गणेशपुरमा स्थानीय महिपाल धोबीका छोरा हिमांशु धोबीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर अगाडी नालीको पानीमा डुबेर बालकको मृत्यु भएको हो । नालीमा ढक्कन नभएको र नालीको पानी विभिन्न ठाउँमा बाँधिएकोले पानी जमेको ठाउँमा बालक मृत्यु अवस्थामा फेला परेको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले घरमा बुवा आमा नभएको बेला करिब दिउँसो २:३० बजेतिर आगनमा खेल्ने क्रममा बालकको मृत्यु भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button